दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

योङ हार्ट्स र इस्टपोल च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १८ गते, बिहीबार १८:२१

गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ्ग हाट्र्स बोर्डिङ स्कुल, गोकर्णेश्वर ८ र पुरुषतर्फ ईष्टपोल मा.बि गोकर्णेश्वर ५ ले जितेका छन् ।
महिलातर्फ योङ्ग हाट्र्सले ३ स्वर्ण र एक कास्यसहित टिम प्रथम भएको हो भने, १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मा.बि दोश्रो र एक स्वर्ण १ रजत जितेको बालसुधार मा.बि तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।
यसैगरी पुरुषतर्फ १ स्वर्ण १ रजत र १ कास्य पदक सहित ईष्टपोल मा. बि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ्ग हाट्र्स बोर्डिङ दोस्रो र एक स्वर्ण एक कास्य सहित मनकामना मा.बि. तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथा द्वारा दोस्रो र तेस्रो छनौट गरिएको थियो ।
महिला र पुरुषतर्फ जम्मा ६÷६ ईभेन्टमा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना बिद्यार्थी सहभागिता रहेको थियो ।
बिजयी खेलाडीहरु लाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु