
पोर्चुगल — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा एनआरएनए पोर्चुगलले एक कार्यक्रम गर्दै टोपी दिवस मनाइएको हो।
पछिल्लो समय नेपालीहरूको उल्लेखनीय बसोबास रहेको युरोपको पोर्चुगल स्थित राजधानी लिस्वानमा एक कार्यक्रम गरि टोपी दिवस मनाइएको कार्यवाहक महासचिव दिपेश बिष्टले बताए । उक्त कार्यक्रममा एनआरएनए पोर्चुगलका कार्यवाहक अध्यक्ष दिनेश खड्का लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरू र पत्रकार उपस्थित भएका थिए।
औपचारिक कार्यक्रम समापन भएपछि अनौपचारिक कार्यक्रम समेत भएको थियो।


