दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २५ गते, बिहीबार ७:३५

काठमाडौं ।आगामी माघ ११ गतेबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ। ५ मिनेट १६ सेकेण्डको यो ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको यात्रा र उनीहरूको अनुभव समेटिएको छ। ट्रेलरले पहाडी–मधेशी मेलमिलापको कथा उजागर गरेको छ।

फिल्ममा नाजिरले रामको भूमिका र सृष्टिले सीताको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा सार्वजनिक भएको ‘सपनीमा’ गीतका फुटेजहरू पनि समावेश छन्।

ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म ३२ वर्षअघि बनेको ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका छन्। फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्माण टोलीमा कार्यकारी निर्माता नकिम उद्दिन, सह-कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा आदि छन्। दीपेन्द्र गौचनले लेखन र निर्देशन गरेका यो फिल्मको स्क्रिप्ट सुपरभिजन अमित पोखरेलले गरेका छन्।

चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व रहेको छ। संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको रहेको छ भने गायन सितुसित बस्नेत, रोहित जोन क्षेत्री आदि छन्।

डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको यो फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु