तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चावहिल क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष २६ गते, शुक्रबार ७:०७

चावहिल भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपण्डोल ४० प्लस भेट्रानलाई ३–० गोलले पराजित ग¥यो । चावहिलका अजब श्रेष्ठले २ तथा राजनलाल नेपालीले १ गोल गरे ।
श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आई क्लब, आईयुएफसी र आयोजक कुसुन्ती ‘बी’ पनि क्वाटरफाइनलमा पुगे ।
थर्ड आईले आयोजक कुसुन्ती ‘ए’ लाई १–० गोलले हरायो । थर्ड आईका विश्व बैरागीले निर्णायक गोल गरे । आईयुएफसीले वि आर ब्रडर्सलाई ४–१ ले पाखा लगायो । विजयी टिमका लागि यम गुरुङले २ तथा विनोद महर्जन र कुमार शाहीले समान १–१ गोल गरे ।
कुसुन्ती ‘बी’ ले बूढानीलकण्ठ भेट्रानलाई २–0 गोलले पन्छायो । कुसुन्ती ‘बी’ का लागि दुवै कृष्णबहादुर राईले गरे । क्वाटरफाइनल पुग्ने बाँकी ४ टिमको टुंगो शुक्रबार लाग्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु