
युएई – लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका पूर्व प्रेसिडेन्ट तथा बरिस्ठ समाजसेवी राजेश हिमालय सम्मानित भएका छन् ।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित
हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय समाजसेवी सम्मानबाट प्रमुख अतिथि युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले हिमालयलाई सम्मान गरेका हुन् ।
सम्मानित जोशीला हिमालयले लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका प्रेसिडेन्ट हुँदा हालैमात्र जाजरकोटमा गएको भुकम्पपिडीतहरुका लागि करिब १५ लाख बराबरको लत्ताकपडा, त्रीपाल लगायतका सामग्रीहरु भाैगाेलिक बिकट जिल्ला जाजरकोटमा गएर आफैले वितरण गरेका थिए । उहाँले देशभरीका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरूपनि सहयोग गर्दै आइरहनुभएकाे छ ।

उहाँले शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेकाे इसिएलएफ नेपालसंगकाे सहकार्यमा देशभरीका विभिन्न विद्यालयमा सयाैं कार्यक्रमहरू गरिसक्नुभएकाे छ । उहाँले रत्न छत्र हिमालय फाउण्डेसन स्थापना गरी शैक्षिक अभियान मार्फत विभिन्न विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरू सहयोग गर्दै आइरहनुभएकाे छ ।


