
युएई । सिन्धु फुड प्रोडक्स प्रालिका प्रबन्ध निर्देशक तथा युवा उद्यमी बद्री बस्नेत सम्मानित भएका छन्।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित
हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत युवा व्यवसायी सम्मानबाट प्रमुख अतिथि युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले बस्नेतलाई सम्मान गरेका हुन् ।
सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा बस्नेत विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् ।
अन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध रहेका छन् । सम्मानप्रति आभार व्यक्त गर्दै बस्नेतले मासुजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए।


