तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भ्याली पब्लिक दोहोरो उपाधिनजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ १७ गते, बिहीबार १७:३८

काठमाडौं, माघ १७ गते । भ्याली पब्लिकको ब्वाइज÷गल्र्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले गोल्डेनपिकलाई २४–२० ले पराजित ग¥यो । भ्याली पब्लिकका निम्साङ तामाङले ६ अंक जोडे । फाइनलमा भ्याली पब्लिकको भेट पारामाउन्ट एकेडेमीसंग हुनेछ । अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हराएको थियो । पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे ।
जुनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–१५ ले पाखा लगायो । भ्याली पब्लिककी सपना गिरीले १० अंक जोडिन् । उपाधिका लागि भ्याली पब्लिकले फेरिल्यान्डको सामना गर्ने छ । दोश्रो सेमिफाइनलमा फेरिल्यान्डले काष्ठमण्डपमाथि २९–२३ को जित रचेको थियो । फेरिल्यान्डकी करुणा बोगटीले १३ अंक बटुलिन् । फाइनल शुक्रबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु