तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पोर्चुगलमा रहेको पोखरा एफसीद्वारा वृद्ध आश्रमलाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ३० गते, बुधबार ६:२८

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले नेपालको पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ।

क्लबका टोलीले गत सोमबार पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई खाना पकाउने भाँडा तथा खाद्यान्न सामग्रीहरु उक्त क्लबका कार्यसमितिमा रहेका प्रजेश गुरुङ र प्रदिप मल्ल ठकुरीले आफै उपस्थिति भई वितरण गरेको हो।

पोर्चुगलमा रहेर कामको बावजुद पनि समय बचत गरेर नेपाली समुदायको विकासमा सक्रिय रहि-रहेको क्लब पोखरा फुटबल क्लब पोर्चुगललाई वृद्धा आश्रमले धन्यवाद सहित प्रमाणपत्रले सम्मान गरेको छ।

सेप्टेम्बर ८ तारिख पोर्चुगलको राजधानी लिस्बनमा पोखरा गोल्डेन कप २०८१ सफलतापूर्वक आयोजना गरेको पोखरा क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कामहरू पनि गर्दै आएको क्लबका कोषाध्यक्ष प्रजेश गुरुङले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु