तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ३० गते, बुधबार ६:४७

जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सो बारे जानकारी गरायो । संघका अध्यक्ष दमन बस्नेतले फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिताको कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ । नेपालको खेल फुकुवोकामा हुनेछ ।
अफिसियलमा अध्यक्ष बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन् । अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन् । टोली फेब्रुअरी १९ तारिख जापान जाने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु