दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ ३० गते, बुधबार ९:१७

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनसम्बन्धी कामलाई थप तिव्रता दिइएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले एकता महाधिवेशनलाई थप तिव्रता दिएको हो । महाधिवेशनकै तयारीका लागि अहिले प्रभावशाली अभियन्ताहरु काठमाडौँमा आईपुगेका छन । अभियन्ताहरु रविना थापा, आरके शर्मा, विनोद कुँवर, पुस्प थापा,खगेन्द्र न्यौपाने,रोविन्द प्रसाद श्रेष्ठ, जानकी गुरुङ, गंगाधर गौतम,चिन्तामनी सापकोटा,वेद खरेल लगायतका अभियन्ताहरु काठमाडौँमा छन् । यस्तै अन्य अभियन्ताहरु पनि आउने क्रम जारी रहेको एक सदस्यले बताए ।
मे २ देखि ५ तारिखसम्म हुने महाधिवेशनलाई सभ्य र भव्य बनाउन व्यापक काम भइरहेको र हजारौँको सहभागितामा अदालतको आदेशअनुसारको काम सफल बनाइने घलेको भनाइ छ ।
उसो त विश्वभरका कतिपय अभियन्ताहरुले टिकट बुकिङ थालिसकेका छन् भने उनीहरुले एकताको महाधिवेशन गरेर एनआरएनएलाई गति दिन आग्रह गरेका छन् । संघभित्र एक समूहले असहयोग गरेपनि कानुनी रुपमा सबै अधिकार आफूलाई भएकाले घले उत्साहित छन् ।
उसो त आइतबार सम्पन्न उच्चस्तरीय समितिले मूल आयोजक समिति बनाएको थियो । घलेकै नेतृत्वमा १९५ सदस्यीय मूल आयोजक समिति गठन गर्ने निर्णय भएका ेहो ।नेपाल सरकारका प्रतिनिधि २ जना सहित १९५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए ।

सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् । तर, चैत २१ पछिको सर्वोच्चको दोस्रो फैसलाले आफूहरुले आधिकारिकता पाएको भन्दै ११ औँ महाधिवेशनबाट अध्यक्ष चयन भएका बद्री केसीले भने घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएका छन् ।

तर, घलेले कानुनविद्हरुका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् । सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भबन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भएका छैनन् ।

यस्तै सहजीकरणका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए । उनीहरु स्वतः मुल आयोजक समितिमा रहेका छन् । यस्तै एशिया प्रशान्त क्षेत्र, अमेरिकासम्बन्धी क्षेत्र, । युरोप क्षेत्र, । मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी मूल आयोजक समिति बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु