दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्किड कप शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते, बिहीबार ६:१०

अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ४० टिमको सहभागिता रहने अर्किडका इसीए इन्चार्ज सरोज तामाङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने प्रावधान छ ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अर्किडका संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।
अर्किडका संस्थापक प्रेमकुमार भुजेलले शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि अभ्यस्त गराई विद्यार्थीको चौतर्फी विकास गर्न अर्किडले नियमित रुपमा खेलकुदका अलावा अन्य अत्तिरिक्त क्रियाकलाप आयोजना गर्दै आइरहेको बताए । फागुन १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काडाँघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु