दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमाली बास्केटबल शुक्रबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते, बिहीबार ६:१३

हिमाली बोर्डिङ स्कुलको आयोजना प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा ३४ टिमको सहभागिता रहने हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १०–१० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने हिमालीका अध्यक्ष जग्दिश्वर बरालले जानकारी दिए ।
फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पिङलास्थानस्थित आयोजककै कोर्टमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने हिमालीकी को–ओर्डिनेटर कल्पना बोहराले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु