दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेडियन्ट, रिब्स, स्वर्णिम र एक्सेल्सियर सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते, बिहीबार ६:१६

काठमाडौं, माघ ३० गते । रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले पराजित ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १३ अंक जोडिन् । रिब्सले एलआरआईलाई १५–९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ६ स्कोर गरिन् । स्वर्णिमले ग्यालेक्सी पब्लिकलाई २२–८ ले पाखा लगायो । स्वर्णिमकी हिसील्हामु लामाले ११ अंक बटुलिन् । एक्सेल्सियरले द चाँदबागलाई १४–१२ ले पन्छायो । एक्सेल्सियरकी अकिना घिमिरेले ९ स्कोर गरिन् ।
फुटसल ः
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा न्यु जेनिथले काभ्यालाई २–०, एक्सेल्सियरले भ्याली भ्युलाई ३–०, राई स्कुलले चाँदबागलाई १–० र स्वस्तिश्री गुरुकुलले जोन डेवीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१४ मा एक्सेल्सियर ‘रातो’ ले इम्पेरियल वल्र्डलाई २–०, विद्यावाणी पाठशालाले मेगसलाई ३–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ५–१ र काठमाडौं लिङ्कनले बोधीसत्वलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यु–१६ मा निःसर्ग वाटिकाले रेडियन्ट पब्लिकलाई ३–०, रिब्सले ग्यालेक्सीलाई २–०, स्वस्तिश्री गुरुकुलले न्यु एरा एकेडेमीलाई टाइब्रेकर र बोधीसत्वले एक्सेल्सियरलाई टाइब्रकेरमा हराउदै सेमिफाइनल यात्रा तय गरे । यु–९ उमेरसमूमा एक्सेल्सियरले संस्कृति तथा राई स्कुलले काभ्यासंग यसअघिनै सेमिफाइनल भिडन्त पक्का गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु