दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ब्राण्ड एम्बासडर भएपछि गुल्सनले भने, मेरो उपस्थितिले शिक्षा र खेलमा योगदान पुग्ने छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २ गते, शुक्रबार १३:५८

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्सन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन् । क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन् । । एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्राण्ड एम्बास्डर भए पछि क्रिकेटर झाले यस्तो बताएका हुन् ।
राजधानीमा एक कार्यक्रम गर्दै एभीन्यू एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालले क्रिकेटर झालाई ब्राण्ड एम्बास्डर घोषणा गरेको हो । उक्त कार्यक्रममा एभीन्यू एजुकेशन तथा ओएए स्टडी नेपालका संस्थापक सिईओ रबिन पाण्डेले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न एभीन्यूले महत्वपूर्ण काम गरेको बताए ।
उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि एभीन्यूले देशका प्रमुख शहरहरुबाट सेवा दिइरहेको पनि बताए । विश्वनीय तरिकाले विद्यार्थीहरुलाई करिअर काउन्सिलिङको सेवा दिएकाले एभीन्यू एजुकेशनको भीसा दर पनि शतप्रतिशत रहेको बताए ।
सोही कार्यक्रममा प्रमुख अथिती शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाले विश्वबजारमा प्रतिस्पर्धाको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । नेपाल र बाँकी विश्वबजारलाई जोड्ने नेपालको सिकाइ पनि परिमार्जन गर्नुपर्ने शिक्षाविद कोइरालाको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु