तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘रंगी’ को गीत ‘उडिदेउ’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते, मंगलवार ५:३०

काठमाडौं ।पछिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रंगी’ को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ। गीतमा अन्जान रानाभाटको स्वर र संगीत रहेको छ भने, अञ्जान र सौगात सापकोटाको शब्दले यसलाई सजाइएको छ। भिडियोमा प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको मनमोहक अभिनय देख्न सकिन्छ।

गीतको विषयवस्तुमा सलोन बस्नेतले छोरी आयुषीका लागि गरेको संघर्षलाई समेटिएको छ, जसले दर्शकहरूको मन छुने गर्छ। यो गीत स्याड भर्सनमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथालाई गहन बनाउनेछ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको ‘रंगी’ चलचित्रमा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ। चलचित्रका निर्माताहरू सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम रहेका छन्। चलचित्रमा दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीजस्ता कलाकारहरूको उत्कृष्ट अभिनय पनि हेर्न पाइनेछ।

चलचित्र र यसको गीत ‘उडिदेउ’ ले दर्शकहरूको ध्यान आकर्षित गरेको छ। दर्शकहरूले यसलाई कसरी लिनेछन् भन्ने चासोको विषय बनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु