दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मूल आयोजक समितिको बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते, बुधबार ५:१९

काठमाडौं, फागुन २० गते । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै निर्णय गरेको छ ।
बैठकले दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा यहि फागुन २५ स्थापना गर्ने, दसौं राष्ट्रिय खेलकुदको सह–आयोजकको रुपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकोले सो कार्य सम्पादनका लागि अनुरोध गर्ने, दसौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण एवं स्तरोन्नित कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद् अन्तर्गत खर्च नहुने पूँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालय मार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दसौं राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेश गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराएका थिए ।
खेलकुद मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे ।
कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न कर्णाली प्रदेश सरकारले सरोकारवालसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिका सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, विभिन्न राष्ट्रिय खेल संघका, होटल एसोसिएसन नेपालका, उद्योग वाणिज्य महासंघका, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
यहि फागुन १५ गते बसेको राखेपको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु