तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

डंगोललाई भत्तेरचौर डोजोको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते, बुधबार ५:२२

भत्तेरचौर सितोरियो कराते डोजोले जेएम ३० ग्रुप टोखाका अध्यक्ष शैलेन्द्र डंगोललाई सम्मान गरेको छ । टोखा नगरपालिका वडा ३ निवासी डंगोललाई भत्तेरचौर डोजोलाई अगाडि बढाउन र युवा समाजसेवीको रूपमा अतुलनीय सहयोग प्रदान गरेको योगदानको कदर गर्दै सम्मान गरिएको डोजोले जनाएको छ । डोजोका अध्यक्ष कृष्णकुमार पौडेल र डोजोका प्रमुख सल्लाहकार रघुवीर सिंह साउदले डंगोललाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
सम्मानित डंगोलले सम्मान गरेकोमा भत्तेरचौर सितोरियो कराते डोजोका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा डोजोका मुख्य प्रशिक्षक सुदिप आचार्य, सहायक प्रशिक्षक श्रीकृष्ण आचार्य, सहायक प्रशिक्षक अनिल कर्माचार्य, डोजोका पदाधिकारी, खेलाडीलगायतको उपस्थित थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु