दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते, शनिबार १७:५३

काठमाडौं, फागुन २४ गते ।
नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको छ । संघकै आयोजनामा चैत २ गते सोही स्थानमा हुने सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई मध्यनजर गरी रेफ्री सेमिनार सञ्चालन गरिएको हो ।
एकदिने सेमिनारमा १५ रेफ्री सहभागी थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायकत्रय आयोजक संघका अध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरले व्यहारिक र सैद्धान्तिक पक्ष बारे ज्ञान दिएका  थिए ।
सेमिनारमा रिङ रेफ्री र साइड रेफ्रीको भूमिका, ‘डे«स कोड’, परिवर्तित नयाँ नियमलगायतका बारे जानकारी गराइएको थियो । सो अवसरमा सहभागीलाई निष्पक्षता र अनुशासनमा विशेष ध्यान दिन सुझाइएको थियो ।
सहभागीलाई अध्यक्ष राई, उपाध्यक्ष गुरुङ, महासचिव मगरसहित संघका उपाध्यक्ष रमेश महर्जन, सदस्यद्वय सुजन कक्षपति र शेरबहादुर गुरुङले शनिबारै एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

फोटो ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु