तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्तरास्ट्रिय नारी समाज गठन : अध्यक्षमा पुनम गौतम महासचिवमा सन्ध्या अर्याल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते, आईतवार ५:५९

पोर्चुगल — ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो ।

शनिबार सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) बाट रहेका छन् भने
विभिन्न देशहरुबाट संयोजक तोकी प्रतिनिधित्व गरिएको छ ।

जसमा अमेरिका, क्यानडा, नर्वे, डेनमार्क, स्पेन, जापान, आयरल्याण्ड, जर्मन, युके, बेल्जियम, मकाउ, कतार, नेपाल, नेदरल्याणड, माल्टा, फ्रान्स, अष्ट्रिया, दुबई, स्विजरल्याण्ड, पोर्तुगत, स्विडेनमा एक – एक जना संयोजक रहने गरी प्रतिनिधि तोकिएको समाजकी अध्यक्ष पुनम गौतमले जानकारी दिनुभयो ।

समाजलाई दिर्घकालिन रुपमा अगाडी लैजानको लागि अध्यक्ष, महासचिब र कोषाध्यक्ष चयन गरेर अगाडी बढेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

समाजले देश विदेशमा रहेका नेपाली दिदिबहिनिको हक, हित, अधिकार प्राप्त गराउन सहयोग गर्दै दिदिबहिनीहरुलाई एकिकृत गर्ने सशक्तिकरण गर्दै अन्याय, पिडामा परेकाहरुलाई उचित कानुनी परामर्श लगायत नारीहरुमा परेको समस्याको समाधान गर्ने उद्देश्यले नारी समाज गठन गरिएको अध्यक्ष गौतमले बताइन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु