तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्री प्रभात मा बि बिधालयमा अध्यानरत ३०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते, बुधबार १६:५६

फागुन २८, गाेरखा । समाजसेवी प्रकाश लामिछाने द्वारा गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ४ स्थित धावा मा रहेकाे श्री प्रभात मा बि बिधालयमा अध्यानरत ३०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरीएको छ ।

हिमालय हब एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक प्रकाश लामिछानेको समन्वयमा कक्षा १ देखि १० सम्म अध्ययनरत ३०० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, विद्यालय पोशाक र २० जना अति बिपन्न विद्यार्थीहरूलाई जनही ३ हजारकाे दरले फागुन २८ गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।

वितरण कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिक शिक्षा विभागका प्रमुख, अतिथिहरू मा वडा अध्यक्ष, वडा सदस्यहरू र श्री प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्षा तथा श्री प्रभात मा.वि का प्राधानाध्यपक सभापतिकाे रूपमा रहनु भएको थियोे ।

साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय, अभिभावका र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे ।

वितरण कार्यक्रममा पालिका शिक्षा विभागका प्रमुख ले शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको विद्यालयका प्रअले बताए। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उहाँ ले जनाकारी दिए ।

शैक्षिक सामग्री हस्तान्तरण संस्था हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले संस्थाले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे। उहाँले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।

संस्थाका सिइओ पुरुषोत्तम रिमाल (पुरू) ले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउदाे दिनमा पनि निरन्तर सहयाेग गर्ने वताउनु भएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु