दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ५ गते, मंगलवार १२:३४

काठमाडौं । नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) ले ज्ञान ज्योति आधारभूत विद्यालयमा पशु कल्याण सम्बन्धी जनचेतनामूलक शिक्षा प्रदान गरेको छ ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण सुवेदीको समन्वयमा कक्षा ७ र ८ का विद्यार्थीहरूलाई पशु कल्याण, नैतिक पालनपोषण, तथा वातावरणमैत्री व्यवहारबारे जानकारी दिइएको थियाे । कार्यक्रममा प्रशिक्षकहरूले पशुप्रति हाम्रो जिम्मेवारी, गैरमानवीय व्यवहारको असर र समाजमा सकारात्मक परिवर्तन ल्याउने उपायहरूबारे विद्यार्थीहरूसँग छलफल गरेका थिए ।

सहभागी विद्यार्थीहरूले यस विषयप्रति चासो देखाउँदै आफ्ना अनुभव र जिज्ञासा राखेका थिए । प्रधानाध्यापक सुवेदीका अनुसार यस्तो कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि नै पशुप्रति दयालु बन्न प्रेरित गर्छ । “हाम्रो विद्यालयमा विद्यार्थीहरूलाई नैतिक शिक्षासँगै पशु कल्याणका बारेमा सचेत बनाउनु अत्यन्त आवश्यक छ,“ उनले भने ।

NAWES ले नेपालभरि पशु कल्याणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभिन्न विद्यालय तथा समुदायस्तरमा कार्यक्रम गर्दै आइरहेको छ । संस्थाका प्रतिनिधिले अन्य विद्यालयहरूमा पनि यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्दै आएकाे र आगामी  दिनमा देशव्यापी रुपमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु