दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ७ गते, बिहीबार १७:३७

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ । आयोजकले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीहरुलाई प्रतियोगिताको स्वरुप बारे जानकारी गराइनेछ ।
त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ ।
पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीको रुपमा इन्डियन माउन्टेनिरिङ फाउण्डेसन (आईएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वोङ्छु पिक प्रमोसन र अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला रहेको छ ।
स्पोर्ट क्लाइम्बिङ खेलको विकास र खेलाडीहरुको विकास र अभिवृद्धि गर्नका लागि वोङ्छु पिक र मुसा मसलाले प्रायोजन गरेको जनाएको छ ।
स्पोर्ट क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा पनि सहयोग गर्नेछ । नेपालमा स्पोर्ट क्लाइम्बिङको धेरै सम्भावना रहेकोले यो खेलको प्रबर्धन गर्न सके खेलाडीहरुले अन्तर्राष्ट्रिय रुपमा राम्रो नतिजा ल्याउन सक्ने संघको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु