दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र ८ गते, शुक्रबार ६:२४

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले बैठक आह्वान गरेको छ । 
उपसमितिका संयोजक तथा उच्चस्तरीय समितिका सदस्य बिनोद कुँवरले बिहीबार सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षलाई बैठकबारे पत्राचार गरेका छन् । बैठक शुक्रबार साँझ ५ बजे (नेपाली समयानुसार) भर्चुअल रूपमा बस्नेछ ।

बैठकका लागि विभिन्न ७ वटा एजेन्डा तय भएको कुँवरले बताए । उनका अनुसार  सर्वोच्च अदालतको फैसला र सोको कार्यान्वयन सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयबाट प्राप्त पत्रहरुको कार्यान्वयन सम्बन्धमा भनेर एउटा एजेन्डा तय गरिएको छ । यसैगरी सदस्यता नवीकरण तथा नयाँ सदस्य दर्ताका लागि तोकिएको ३१ मार्चसम्मको समयसिमाका सम्बन्धमा, एनसीसीहरूका अधिवेशन सम्बन्धमा, अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा,  उच्चस्तरीय समिति र राष्ट्रिय समन्वय परिषदबिच एमओयु सम्बन्धमा, केन्द्रीय कार्यालय सञ्चालन र  विविध भनेर एजेन्डा तय गरिएको उनको भनाइ छ । यी सबै विषयमा बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने कुँवरले बताए । 

बैठकमा उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यता रहने छ  भने संस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा पूर्व अध्यक्षहरू, उच्चस्तरीय समितिका सम्पूर्ण सदस्यहरू, परराष्ट्र मन्त्रालय साथै कानुन, न्याय र संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरू समेतको उपस्थिति रहने छ । 
यस्तै गैरआवासीय नेपाली संघ एनसीसीका अध्यक्ष, पदाधिकारी तथा एनआरएनए अभियन्ताहरूको बैठकमा सहभागिता रहने भन्दै सक्रिय सहभागिताका लागि पत्रमार्फत अनुरोध गरिएको छ । 
समितिले आगामी मे ३ देखि ५ सम्म काठमाडौँमा एकताको महाधिवेशन मिति घोषणा गरेको छ । उक्त महाधिवेशनमा एनसीसीहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि उपसमितिले आवश्यक छलफल गर्न लागेको कुँवरको भनाइ छ । गत वर्षको चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एनआरएनएको विवाद समाधान गरेर एकताको महाधिवेशन गर्न दिएको परमादेशअनुसार महाधिवेशन गर्न लागिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु