दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १४ गते, बिहीबार ६:५८

भरतपुर/चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा नवौ संस्करणको रुपमा हुने नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रदर्शनीको एक विशेष समारोहका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, डेरी, फुड एण्ड वेभरेज, चिया), पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, हस्तकला, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, बैंक, व्यवसायिक परामर्शदाता, फुटवेयर लगायतका एक सय भन्दा बढी स्टलहरुले सहभागिता जनाएका छन् ।
प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ ।
प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङको समेत आयोजना गरिदैछ । प्रदर्शनीको कुलिङ पार्टनरमा ब्लु स्टार ए.सी., बैकिङ्ग पार्टनरमा राष्ट्रिय वाणिज्य बैंक, फर्निचर पार्टनर फर्निटेक प्रा.लि., स्न्याक्स पार्टनरमा रिजाल फुड्स् एण्ड वेभरेजेज प्रा.लि., पेन्टस् पार्टनरमा रोयल पेन्टस्, आईएसपि पार्टनरमा टेकमाइन्ड नेटवर्क लि. रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु