तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मलेसियामा जारी १६ औँ विश्व योगासनको दुई पदक एशिया प्यासिफिक स्कुललाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २६ गते, मंगलवार ११:१५

काठमाडौँ, २६ चैत । मलेसियामा सम्पन्न भएको १६ औँ विश्व योगासन प्रतियोगिताको दुई उपाधी टोखास्थित एशिया प्यासिफिक स्कुलका छात्रहरुले हात पारेका छन् ।

अन्तराष्ट्रिय योग खेलकुद महासंघको आयोजनामा मलेसियाको साइबरजया स्थित लिम्कोकविङ विश्वविद्यालयमा अप्रिल ५ र ६ मा सञ्चालन भएको उक्त प्रतियोगितामा पुरुषतर्फ ९ देखि ११ वर्ष उमेर समूहका प्रयासजंग चौहान प्रथम र १२ देखि १४ वर्ष उमेर समूहका बबिन श्रेष्ठ पाँचौ भएका छन् ।

टोखा नगरपालिकाको प्रतिनिधित्व गदै प्रतियोगितामा सहभागी भएका चौहान र श्रेष्ठले ४० देशका खेलाडीलाई पछि पार्दै प्रथम र पाँचौ स्थान हाँसिल गर्न सफल भएका हुन् ।

स्कुलका सञ्चालक एवम् शिक्षक राजन अधिकारीले खेलाडीहरुको समर्पण र अथक मेहनतका कारण स्कुलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधी जितेर विद्यालयको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सकेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी रहेका थिए । यस्तै, अमेरिका, भारत, मलेसिया सहित ४० देशका खेलाडीहरु प्रतियोगितामा प्रतिष्पर्धामा रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु