दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भोजनलिपि-स्वाद’ को दोस्रो संस्करण आज हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २८ गते, बिहीबार १०:५७

काठमाडौँ, चैत २८ — नेपाली खानाको संरक्षण र प्रवर्धनलाई लक्ष्य राख्दै सञ्चालित नेपाली खाना प्रवर्धन अभियान अन्तर्गत ‘भोजनलिपि-स्वाद’ कार्यक्रमको दोस्रो संस्करण आज (चैत २८ गते) बिहीबार हात्तीसारस्थित नेपाल हाउसमा हुने भएको छ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ दुर्गा खड्का र घनश्याम कँडेलको संयोजनमा हुने यो संस्करणमा नेपालका ७७ वटै जिल्लाका कृषि उत्पादनलाई समेट्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा विभिन्न १५ जिल्लाका मौलिक कृषि उपजबाट तयार पारिएका स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछ। सहभागीहरूका लागि परम्परागत स्वाद, सांस्कृतिक सम्पदा र नेपाली कृषि उत्पादनको विविधता अनुभव गर्ने उत्कृष्ट अवसर हुने आयोजकले जानकारी दिएको छ।

सांस्कृतिक समृद्धि र कृषि उत्पादनको सम्मानस्वरूप आयोजित यस भव्य कार्यक्रममा सहभागी हुन सबैलाई स्वागत गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु