दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युनिप नेपालद्वारा नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २९ गते, शुक्रबार १९:१७

काठमाडौं, चैत्र २९ – युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल (युनिप नेपाल) ले नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार, स्वयम्भूमा सम्पन्न उक्त कार्यक्रम युनिप नेपालका अध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन)को सभापतित्वमा सम्पन्न भएको हो।

अध्यक्ष डा. लामाले नववर्षले नयाँ उमङ्ग र प्रेरणा प्रदान गर्दै शान्ति, सद्भाव र सामाजिक सेवाका कार्यहरूमा अझ बढी उर्जावान भएर लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

कार्यक्रममा युनिप नेपालका वरिष्ठ उपाध्यक्ष रविराज शाही लगायतका वक्ताहरूले समेत नववर्षको शुभकामना व्यक्त गर्दै संस्थाको आगामी सामाजिक र मानवीय कार्ययोजनाप्रति सकारात्मक अभिव्यक्ति प्रस्तुत गरेका ग​र्नुभ​एको थियो । 

युनिप नेपालले नियमित रूपमा शान्ति, मानवता र सामाजिक सद्भावका विविध कार्यक्रमहरू गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु