दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकाको बोस्टनमा गुन्जिदै “नेपथ्य” ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख ७ गते, आईतवार २०:५९

अमेरिका बोस्टन : नेपाल र नेपालीहरूले सर्वाधिक रुचाइएको चर्चित साङ्गीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्यको ‘नेपथ्य लाइभ इन बोस्टन’ जुन ११ तारिख बुधवार बोस्टनमा हुने भएको छ । डिजे मुकुन्द ईण्टरटेनमेन्टको प्रस्तुतिमा नेपथ्य लाइभ इन बोस्टन हुन लागेको हो।

बिगत लामो समय देखि अमेरिकामा विभिन्न इभेन्ट तथा सांगीतिक कार्यक्रम गर्दै आएको डिजे मुकुन्द ईण्टरटेनमेन्टले नेपथ्य लाइभ इन बोस्टनलाइ सफल बनाउन भव्य तयारीमा जुटेका आयोजक मुकुन्द पोखरेलले बताए। बोस्टन शहरको रोयाले बोस्टनमा हुने कन्सर्ट नेपाली समुदायको बहुप्रतिक्षित साङ्गीतिक कार्यक्रम हो । कन्सर्टको अग्रिम टिकेट समेत खुल्ला भईसकेको जानकारी आयोजक पोखरेल गराए। बोस्टन लगायत अमेरिकाको जम्मा सात वटा राज्यमा नेपथ्यको प्रस्तुति रहने छ।

‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’ ‘आँगनैभरि हिउँ नै झरे’ शिरफूल शिरैमा’ ‘लामपाते सुरति’, ‘चरि मर्‍यो’ ‘कोशीको पानी’, ‘रेसम’, ‘हिमाल चुचुरे’ ‘मै नाचे छमछमी’, सा कर्णाली, जोमसोम बजारमा, उडायो रेलैले, रेशम, तालको पानी जस्ता गीतहरू नेपथ्य ब्यान्डका लोकप्रिय गीतहरू हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु