दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसियाली सिनियर करातेका लागि १२ खेलाडी छनोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १५ गते, सोमबार ६:११

एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको २१ औं संस्करणका लागि १२ खेलाडी छनोट भएका छन् । ७ पुरुष र ५ महिला गरी १२ खेलाडी छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।
नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतबार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् ।
पुरुषको ५५ केजीमुनि साजन मोक्तान, ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ७५ केजीमुनि शिबु ओड, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धर छनोट भए ।
महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनि अन्जली महर्जन, ५५ केजीमुनि सविना श्रेष्ठ, ६१ केजीमुनि निरुपमा तामाङ र ६८ केजीमाथि एरिका गुरुङ छानिए ।
छनोट प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण विजेता खेलाडीले सहभागिता जनाएको प्रशिक्षक श्रेष्ठले जानकारी गराए । एसियाली कराते उज्वेकिस्तानको तास्केन्टमा मे २३ देखि २५ तारिखसम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु