दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्राण्डी अस्पताल र सशस्त्र प्रहरीबीच उपचार सहुलियत सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख १५ गते, सोमबार २१:०९

काठमाडौँ, १५ वैशाख । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र सशस्त्र प्रहरी बल नेपालबीच उपचार सहुलियत सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालयमा हलचोकमा आयोजित कार्यक्रममा ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र सशस्त्र प्रहरी महिला संघको अध्यक्ष अनिता लामिछाने (अर्याल)ले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार सशस्त्र प्रहरी बल नेपालका कर्मचारी, पूर्व कर्मचारी तथा उहाँहरूको परिवारलाई ग्राण्डी अस्पतालमा उपचारको लागि बिशेष सहूलियतको व्यवस्था गरिएको छ ।

उक्त सम्झौताले सशस्त्र प्रहरी बल नेपाल र ग्राण्डी अस्पताल बीच जनशक्ति र बिशेषज्ञताको आदानप्रदान तथा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिबृद्दीको लागि बिभिन्न कार्यक्रमहरू गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ग्राण्डी अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु