दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एकता महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र थिएन ः पूर्वअध्यक्ष रबिना थापा (एनआरएनए)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २३ गते, मंगलवार ८:०४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन।

वैशाख २० र २१ गते सम्पन्न उक्त महाधिवेशनले अनेकौँ जटिल परिस्थिति र संवेदनशील मोडहरू पार गर्दै आपसी समझदारी, समावेशिता र साझा उत्तरदायित्वको गहिरो अभिव्यक्ति दिएको उल्लेख​ ग​र्दै उन​ले भ​नेकि छिन​ “यो महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र थिएन, हाम्रो साझा भावना, सहकार्य र दूरदृष्टिको प्रमाण थियो, जसको प्रत्यक्ष अनुभूति मैले स्वयम गरेकी छु।”

थापाले विश्वभरबाट सहभागी प्रतिनिधिहरूको सक्रियता र सहभगिताले सम्मेलनलाई अझ गौरवशाली बनाएको उल्लेख गर्दै सर्वसम्मत रुपमा चयन भएको नयाँ नेतृत्वले संस्थागत स्थायित्व, नीति निरन्तरता र भविष्यदृष्टियुक्त मार्गचित्रप्रति प्रतिबद्धता देखाएको बताइन।

“हामी आशावादी छौं, अबको नेतृत्वले पारदर्शिता, समन्वय र समावेशी सोचमार्फत एनआरएनएको मूल भावना ‘एकताबद्ध एनआरएनए’ लाई अझ सशक्त बनाउनेछ,” उनले जोड दीन।

उनले संस्था भित्र मतभेद स्वाभाविक भए पनि विभाजन न​भाई, समाधान खोज्ने संस्कृति स्थापना गर्नु नै एनआरएनएको विशिष्टता भएको बताइन। “एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्,” भन्ने भावनासहित उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै भ​नेकी छिन​, “अबको यात्रामा हामी सबै समर्पण, समझदारी र सहकार्यका साथ अगाडि बढ्नेछौं,” ।

साथै उन​ले महाधिवेशन सफल बनाउन योगदान गर्ने सम्पूर्ण सदस्य, सहयोगी, र सञ्चारकर्मीहरूप्रति विशेष आभार व्यक्त ​गरेकी छिन​ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु