दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जस्मिन पेन्ट्स लिमिटेडले लग्यो उत्कृष्ट डिलरहरुलाई अस्ट्रेलियाको भ्रमणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २४ गते, बुधबार १३:४१

काठमाडौं ।नेपाली रंङ उद्योगमा अग्रणी स्थान ओगट्दै आएको जस्मिन पेन्ट्स लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरुलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि अस्ट्रेलिया लगेको छ । डिलरहरूको अबिस्मरणीय योगदानको कदरस्वरूप कम्पनीले यस भ्रमण कार्यक्रमको आयोजना गरेको हो । डिलरहरूलाई व्यवसायिक प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको यस भ्रमणमा सहभागीहरूले सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरूको अवलोकन गर्ने छन् । साथै उनीहरूले त्यहाँको पेन्ट्स उद्योग, निर्माण प्रविधि तथा अन्तर्राष्ट्रिय बजारको चलन प्रत्यक्षरूपमा अध्ययन गर्न पाउने छन् ।

कम्पनीका म्यानेजिङ डिरेक्टर लक्ष्मण अर्यालले जस्मिन पेन्ट्सको सफलता केवल उत्पादन र प्रविधिमा मात्र सिमित नभई डिलर साथीहरूको समर्पण नै सफलताको आधार रहेको र व्यवसायिक क्षमतामा अझ निखार ल्याउन यस प्रकारका अन्तर्राष्ट्रिय भ्रमणको अनुभवहरु अत्यन्तै उपयोगी हुने बताए ।
यस्तै कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपालि क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काका अनुसार यो भ्रमण केवल रमाइलोको लागि मात्र नभई, नयाँ प्रविधि, ग्राहक सेवा शैली र निर्माण व्यवसायप्रतिको दृष्टिकोण बुझ्न सहयोगी हुने बताए । साथै उनले भ्रमणका क्रममा अस्ट्रेलियाको सिड्नी तथा मेलबर्नमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरु समेत अवलोकन गर्ने योजना रहेकोले आफुलाई खुसि लागेको बताए । जस्मिन पेन्ट्स देशैभर डिलर नेटवर्कमार्फत नेपाली बजारमा विशिष्ट पहिचान बनाउन सफल कम्पनि हो । यस भ्रमणले कम्पनि र डिलर बीचको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु