दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुनको कारोबार खुला ग​र्ने योजनाप्रति कांग्रेसको आपत्ति, आपूर्ति अहिलेको जस्तै राख्न माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २५ गते, बिहीबार १८:३२

काठमाडौं |नुनको कारोबार निजी क्षेत्रलाई खुला गर्ने तयारी गरिरहेको भन्ने समाचारप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल सरकारले आम जनतालाई सर्वसुलभ मूल्यमा नुन आपूर्ति गर्दै आएको व्यवस्थालाई परिवर्तन गरी व्यापारिक समूहलाई जिम्मा दिनु अनुचित हुने बताएको हो।

विभाग प्रमुख तथा कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालद्वारा जारी विज्ञप्तिमा नुनजस्तो संवेदनशील उपभोग्य वस्तुको कारोबार निजी क्षेत्रलाई दिँदा जनस्वास्थ्य र आर्थिक पक्षमा प्रतिकूल असर पर्न सक्ने भन्दै वर्तमान आपूर्ति प्रणालीलाई यथावत राख्न सरकारलाई आग्रह गरिएको छ।

यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले समेत नुनको कारोबार खुला गर्ने सरकारी योजनाको विरोध जनाएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु