
काठमाडौं । खानाको पारखीहरुको लागि भिन्न स्वाद दिने उदेश्य सहित राम्रो र सस्तो मूल्यका साथ दरबारमार्गमा लारास क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ ।
दरबारमार्ग स्थित बिना मार्गमा लारास क्याफे एण्ड रेष्टुरेन्टमा पाहुनाको चाहना अर्डर अनुसारको उत्कृष्ट परिकार साथै हाईजेनिक तथा गुणस्तरीय खानाका पारखीहरुका लागि सस्तो मूल्यमा उत्कृष्ट खाना र खाजा पेयहरू उपलब्ध गराउने लक्ष्य सहितको फेमिली रेष्टुरेन्ट संचालनमा ल्याईएको संचालक अविरल आचार्यले बताए ।
परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित घर तथा अफिसमा खाना तथा खाजा डेलिभरी सुविधा साथै हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको छ।



