तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

देउताले निको नपारे डाक्टर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ बैशाख २८ गते, आईतवार १८:५८

सुर्खेत, बैसाख २८

डोल्पा, दैलेख र सुर्खेतका डाक्टरहरूले कर्णाली प्रदेशमा अझै पनि विरामी भए सुरूमा देवतालाई देखाउने र निको नभए डाक्टरलाई देखाउने प्रचलन रहेको बताएका छन् । श्री ज्योति फाउन्डेसनले गरिरहेको छोरी सम्मेलनको आइतबारको शत्रमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । डोल्पा जिल्ला अस्पतालका डाक्टर रोजी थपलियाले

समयमा अस्पताल नआएका कारण गर्भवती महिलाको गर्भ तुहिने देखि बालबलिकालाई कुपोषण हुनेसम्मका समस्या रहेको बताइन ।

‘गाउँबाट एउटा बुबाले छोरालाई अस्पताल ल्याउनुभयो । केही दिन देउतामा राखेर ल्याउनु भएको रहेछ । अवस्था निकै कमजोर भएकाले किन ढिलो ल्याउनु भयो नि भनेर सोधें,’ उनले भनिन्, ‘उहाँले भन्नुभयो—देउताले सन्चो गरेन अनि अस्पताल ल्याएको भन्नुभयो ।’

उनले समयमा अस्पताल नआएका कारण कतिपयको गर्भ तुहिने गरेको पनि बताइन ।

‘ठुलो भुगोल, विकट छ । यहाँ भीरमा लडेर पनि मान्छेले ज्यान गुमाउँछन् । अनि अकाल मृत्युको समस्या ठुलो छ, ‘ उनले भनिन्, ‘जडीबुटी, प्राकृतिक सुन्दरताको धनी कर्णाली अझैपनि शिक्षा, स्वास्थ्यको अभावमा धेरैले अकालमा ज्यान गुमाएका छन् ।’

दैलेखकी डाक्टर पुजा विसीले दैलेख र कालिकोटको समस्या पनि डोल्पा भन्दा फरक नभएको अनुभव सुनाईन ।

‘मैले सुरुमा कालिकोटमा पनि काम गरें । पछि दैलेख दुल्लूमा बसेर काम गरें । महिला डाक्टरलाई सम्मान गर्नेहरु पनि हुनुहन्छ, ‘ उनले भनिन्,’समस्याहरु धेरै हुन्छन्, त्यसलाई सहज तरिकाले हल गर्न सक्नुपर्छ ।

सुर्खेतकी डाक्टर अर्चना कार्कीले छोरा र छोरीबीचको विभेद कायमै भएकाले कतिपय छोरीले चाहेर पनि डाक्टर बन्न नसकेको बताइन ।

‘कुनैपनि बच्चा जन्मदा छोरी वा छोरा भएर जन्मिदैन, त्यो बच्चा हुन्छ । परिवारको हुर्काइ कस्तो हुन्छ ? भन्नेमा भर पर्छ । समाज कस्तो छ, परिवार कस्तो छ ? त्यसमा पनि भर पर्दो रहेछ,’ उनले भनिन्, ‘हामी फाइटर हो, समाजको अङ्ग पनि हो । समाजले ठुलो भार थुपारेको छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु