तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एचजेबीएलमा रोएल्सको दोस्रो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते, सोमबार ५:१६

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोएल्सले दोस्रो जित हात पारेको छ ।
लिग अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले सामाखुशी युवा क्लबलाई ९३–८३ ले पराजित गरेको हो ।
सुरुवात देखि नै अग्रता लिएको रोएल्सले त्यसलाई अन्तिमसम्म कायम राख्दै जित निकालेको हो ।
दोस्रो जितपछि रोएल्सले ४ खेलबाट ६ अंक जोडेको छ । सामाखुशीको यो लगातार चौथो हार हो ।
रोएल्सले पहिलो क्वाटर १८–१७ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर २८–१९ ले आफ्नो पक्षमा पारेपछि रोएल्सले हाफटाइमसम्म ४६–३६ को अग्रता बनाएको थियो । त्यसपछि तेस्रो क्वाटरमा सामाखुशीले पुनरागमन गर्दै २४–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो । तर चौथो क्वाटर रोएल्सले २६–२३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
रोएल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
सामाखुशीका लागि विक्रम डंगोलले २० अंक स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु