तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चालु आवमा कुल बजेट खर्च ९० प्रतिशत नपुग्ने अनुमान,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते, बिहीबार १८:२५

काठमाडौं, जेठ १५ | सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित कुल बजेटको करिब ८९.४ प्रतिशत मात्र खर्च हुने अनुमान सार्वजनिक गरेको छ। आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको संशोधित खर्च अनुमान सार्वजनिक गरेका हुन्।

उनका अनुसार चालु आवका लागि सरकारद्वारा विनियोजित १८ खर्ब ६० अर्बमध्ये अन्तिम त्रैमाससम्ममा १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्र खर्च हुने देखिएको छ। यसले सरकारले लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेको स्पष्ट हुन्छ।

खर्च संरचना हेर्दा, चालु तर्फको बजेट ८८.५ प्रतिशत मात्र प्रयोग हुने अनुमान गरिएको छ भने पूँजीगत खर्च झन् कमजोर हुँदै ८३ प्रतिशतमा सीमित हुने देखिन्छ। भनेको समयमा योजना सम्पन्न नहुनु र प्रशासनिक ढिलाइ पूँजीगत खर्चमा कमजोरीको प्रमुख कारणका रूपमा देखिन्छ।

वित्तीय व्यवस्थातर्फको बजेट खर्च भने तुलनात्मक रूपमा उच्च रहने देखिएको छ — यसतर्फ ९७.६ प्रतिशत रकम खर्च हुने सरकारको आकलन छ।

यसैबीच,अर्थमन्त्री पौडेलले चालु आवमा राजस्व संकलन १७.१ प्रतिशतले वृद्धि हुने अनुमान पनि गरेका छन्। यो अनुमान राजस्व प्रशासनको सुधार र आर्थिक गतिविधिमा आएको आंशिक पुनरुत्थानका आधारमा गरिएको बताइएको छ।

सरकारको यो प्रक्षेपणले बारम्बार उठ्दै आएको बजेट कार्यान्वयनमा देखिने कमजोरी र पूँजीगत खर्चमा हुने ढिलाइ सम्बन्धी चिन्तालाई पुनः उजागर गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु