
काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् अन्तरराष्ट्रिय सगरमाथा दिवस नर्थ क्यारोलिनामा भव्य रूपमा मनाइँएको छ।
युएस नेपाल ग्यास्ट्रोनोमी सेफ्स एसोसिएसन र थर्ड आइ मोमो एण्ड ग्रिल क्यारीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा
अमेरिकामा रहेर नेपाली कला संस्कृति, खाना एवं पर्यटन प्रवर्धनमा योगदान गर्ने सेफहरूलाई कार्यक्रमका प्रमुख अतिथि थर्ड आइ मोमो एण्ड ग्रिलका चेयरम्यान बाबुराम दवाडीले सम्मान गर्नु भएको थियोे ।

नेपालसँग विश्वलाई देखाउन र बिक्री गर्न मिल्ने दुई अमूल्य सम्पदा छन् – एक, प्रकृतिको अनुपम उपहार सगरमाथा र अर्को, हाम्रो नेपाली खाना जसमा हिमालयको ताजापन र सादगीपूर्ण स्वाद मिसिएको हुन्छ।कार्यक्रममा नेपाली फूड गुरु सुरेश चन्द्र बस्नतेले बताउनुभयो ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।


