दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण, तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते, आईतवार २०:०३

काठमाडौँ, १८ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री खड्काले आज सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उहाँले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।

“आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तेकिएकै समयमा सक्नेगरि लाग्नुस्, काम गर्ने स्पिड बढाउनुस्, ⁠कार्यप्रगतिको आधारमा बजेटको अभाब हुदैन,”– मन्त्री खड्काले भन्नुभयो ।

उर्जामन्त्री खड्काले आयोजनाको ⁠१३.२ किलोमिटर सुरूङ निर्माण सकिएकोले अब हेडवक्सको काम तिव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिनुभयो । “यो देशको हामी सबै नागरिक हौँ ठेकेदार, कर्मचारी, मन्त्री जो भएपनि देशको विकास भए सबैको विकास हुन्छ, काम चाँडो सक्ने हुटहुटीका साथ काम गर्नुस्,”– उहाँले भन्नुभयो ।

आयोजना अगाडी बढाउन स्पष्ट खाका बनाएर लक्ष्य अनुसार काम गर्न मन्त्री खड्काले निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । “काम गर्ने हामीले नै हो, अरूले होइन, लक्ष्य प्राप्ती गर्नका लागि काम गर्नुभएन भने सरकारले बैकल्पिक बाटो सोच्छ, यो सरकारको वाध्यता हो,”– उहाँले भन्नुभयो ।

उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने र ३२ मेगावाट विद्युत उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउन भएकोले सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । “लक्ष्यलाई भेट्ने गरि काम गर्नुस, म्याद थप हुने कुरा नगरौं,”– उर्जामन्त्री खड्काले भन्नुभयो ।

जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालले लक्ष्य भेट्नेगरी आयोजना निर्माणको कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “अहिलेसम्म ५० प्रतिशत काम सकिनु पर्नेमा हेडवक्समा जम्मा १९ प्रतिशतमात्रै काम हुनु दुःखद कुरा हो, काम तोकिएकै मितिमा सम्पन्न गर्नेगरी लाग्नुहोस्,”– उहाँले भन्नुभयो ।

महानिर्देशक बरालले अहिलेकै अवस्थाका काम रहे ठेक्का तोडिने बताउनुभयो । रु १४ अर्बको आयोजनामा हालसम्म रु एक अर्व २० करोड मोविलाइजेशन खर्च परिचालन गरिसकेको उहाँको भनाई थियो ।
स्मेक कन्सल्यान्टका प्रतिनिधी दिवस श्रेष्ठले आयोजना निर्माणको काम चित्तबुझ्दो नभएको बताउँदै समयमै काम सम्पन्न गर्नका लागि आफूहरुले ठेकेदार कम्पनीलाई निरन्तर खवदारी गरिरहेको बताउनुभयो ।

आयोजनाका ठेकेदार कम्पनी रमन कन्ट्रक्सनका प्रतिनिधीले रमन पटेलले विभागबाट हुने भुक्तानी बेलैमा नभएका कारण आयोजना निर्माणमा केही ढिलाई भएको भन्दै सरकारले सहयोग गरे आफूहरुले समयमै आयोजना सम्पन्न गर्ने बताउनुभयो ।

सोही अवसरमा उर्जामन्त्री खड्काले उक्त आयोजनाको टनेल, पावरहाउस र हेडवक्सको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो । मन्त्री खड्कासँगै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्य, मित्र बराललगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु