
काठमाडौँ- पाक कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण आइतबार राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक कलामा आधारित भोजनलिपि स्वादको नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन तेस्रो संस्करण नेपाल हाउसमा सम्पन्न गरिएको हो ।

सांगीतिक प्रस्तुति सहित राजा च्याउको छोइला, कागुनोको खीर, मोही ,बेलको जुस, सिकार्नी, जेठो बुढोको चामल र माछाको झोल,च्याँख्ला र सिन्कीको झोल, नुडल्स युथ सिस्नुको झोल, इन्द्रेणी मःम, निगुरोको अचार, केराको बुंगोको अचार, साँधेको भटमास, हाँसको छोइला,कटहरको छोइला, सिस्नुको सुप लगायतका परिकारको प्रदर्शनी समावेश थिए ।
नेपाली माटो र किसानसँग जोडिएको अभियानसँग सहकार्य गर्न पाउनु गौरवको विषय नेपालीपन झल्काउने खानाका विभिन्न परिकारहरू तयार गरेर त्यसको प्रवर्द्धन गरिएको नेपाल हाउसका अध्यक्ष रुद्र शर्माले जानकारी दिए ।
भोजन लिपि स्वादमा पाककलाका हस्ती सेफहरु गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मण प्रसाद भण्डारी,घनश्याम कँडेल, शिवहरि घिमिरे, पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बा लगायत पुराना तथा नयाँ सेफहरूको पाककला रहेको थियोे ।
भोजन लिपि स्वाद स्वदेश तथा विदेशमा गरी एक सय भागसम्म आयोजना गर्ने तयारी रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो । आफ्ना उपजहरुको बजारीकरणको लागि अभियानसँग जोडिन पनि देशभरका किसानहरुलाई आग्रह गरिएको अभियानले जनाएको छ ।


