तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जोशीको पुस्तक ‘गतिशिल भौतिकवाद’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते, शनिबार ५:२९

काठमाडौं, २३ जेठ । सशस्त्र प्रहरी नायव निरीक्षक नन्दराज जोशी (मानव प्रकृति) द्वारा लिखित ‘गतिशिल भौतिकवाद’ पुस्तक विमोचन गरिएको छ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गरी विमोचन गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ वैज्ञानिक एवं नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेल र नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीलगायतले आफ्नो धारणा राखेका थिए । डा. ढुगेलले पुस्तकको समिक्षा गरेका थिए ।

प्रमुखको अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राम्रो पुस्तक ल्याएको भन्दै लेखक जोशीलाई बधाई ज्ञापन गरे । उनले पुस्तकमा नयाँ विचार प्रस्तुत गरिएको बताए । उनले भने,‘नेपालको विचारको जगतमा नयाँ छलफल गर्ने अवसर पनि जुटाउनुभएको छ । त्यसको लागि पनि तपाईंलाई धन्यवाद छ ।’ पुस्तकभित्र प्रस्तुत भएका विचारमा सुरेश ढुंगेलले गरेको टिप्पणीप्रति आफ्नो पनि सहमति रहेको खनालको भनाई छ ।
उनले दर्शन आँफैमा व्यापक ठूलो विषय भएको तर्क गरे । उनले नेपालमा दर्शनको विकासको चर्चा गर्दै सबभन्दा पहिले कपिल दर्शन उत्पति भएको इतिहास सुनाए । त्यो इशाको ७औं शताब्दीको भएको खनालले बताए । कपिल दर्शनकै आधारमा आज कपिलवस्तु जन्मिएको र पछि बुद्ध दर्शन जन्मिएको खनालको भनाई छ । बुद्ध दर्शनले उत्पति र विनाश भैरहेको कुरा ल्याएको खनालले बताए ।
उनले अब आउने युग समाजवादी आउनेछ भन्ने विज्ञान माक्र्सवादी चिन्तन भएको बताए । खोज तथा अनुसन्धानमा अन्तिम सत्य भन्ने नहुने उनको भनाई छ । अन्तिम सत्यमा अडिन थालियो भने अर्को अनुसन्धान रोकिनेतर्फ खनालले सचेत गराए । नेपाली समाजलाई सुखी र समृद्ध बनाउनेतर्फ गहन छलफल गरिनुपर्नेमा उनको जोड थियो । त्यसको लागि कृषि, औद्योगिक, शिक्षा र स्वास्थ्य नीतिको सवालमा व्यापक बहस गर्न जरुरी रहेको उनले बताए । उनले सबैको चिन्तनले व्यवहारिकतालाई सहयोग पुर्याउनुपर्ने बताए । दुनियाँमा कतिपय विचारहरु पुस्तकालयभित्र थन्किएको पनि स्मरण गराए । तर, नेपालको हकमा भने देश र आम जनताको हितसँग गाँसेर लैजाने दर्शन, विचार र चिन्तन नै सजिव भएर बाँचिरहनसक्ने बताए ।

सो अवसरमा नेता खनालले पत्रकारले राखेको प्रश्नमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दा अब अदालतको विषय बनिसकेकोले धेरै टिकाटिप्पणी गर्नु उचित नहुने स्पष्ट पारे । उनले भने,‘गणतन्त्र र शासन प्रशासनलाई साँच्चि नै प्रशासनलाई पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकूलको बनाउन गर्नुपर्ने धेरै कामहरू छन् । ती काम गर्न बाँकी छन् । ती कुराको सन्दर्भमा यी कुरालाई हेर्नुपर्छ भन्दै टिकाटिप्पणीलाई यत्तिमात्र भन्न चाहन्छु ।’
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले पुस्तकका लेखक जोशीले बझाङजस्तो दुर्गम जिल्लामा बसेर सशस्त्र प्रहरी बलमा काम गरेर गहकिलो पुस्तक ल्याएकोमा बधाई ज्ञापन गरेका छन् । पुस्तकमा मानव शरिरदेखि विश्व ब्रम्हाण्डको विकासको बारेमा अध्ययन गरेर लेखेको जोशीको टिप्पणी छ ।
पुस्तकका लेखक जोशीले आफ्नो पुस्तकको बारेमा प्रकाश पारेका थिए । उनले गतिशिल पदार्थको रिलेटिभ तत्व नै आफूहरु भएको उनको भनाई छ । उनले चेतना के हो ? चेतना कसरी निर्माण हुन्छ ? भन्ने कुरापनि प्रकाश पारे । उनले आफूले ७ वर्षको अथक प्रयास गरेर मन खोजेको पनि स्मरण गराए । पुस्तकमा आफूले मानव भौतिकवादसमेत उल्लेख गरेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु