दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एपीएफ र एभरेस्ट अन्तिम चारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते, शुक्रबार ५:५०

जेठ २९ गते । पोखरा । एभरेस्ट भलिबल क्लब र एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टिमले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पोखरास्थित कभर्डहलमा बिहीबार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेस्टले अन्तिम चारमा स्थान पक्का गर्यो । एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो । पहिलो सेटमा गण्डकीले २५–२१ ले जित निकालेपनि एभरेस्टले सुधारिएको प्रर्दशन गर्दै २५–१४, २५–२२ र २५–१४ को नतिजा निकाल्यो ।
तेस्रो दिनको पहिलो खेलमा एपीएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले अन्तिम चारमा स्थान बनाउने क्रममा रामपुलाई २५–६, २५–६ र २५–७ को सेटमा हरायो । प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा पुलिस र एभरेस्ट तथा दोस्रो सेमिफाइनलमा न्युडायमण्ड र एपीएफ भिड्ने समिकरण बनेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु