दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महर्षि कलेजमा एकल गायन प्रतियोगिता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार २ गते, सोमबार १६:२८

काठमाडौँ २ असार । काठमाडौँको गोँगबुमा सञ्चालित महर्षि कलेजमा एकल गायन प्रतियोगिता हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ पवित्रनगर चोकमा रहेको महर्षि कलेजमा आगामी असार ६ गते शुक्रबार एकल गायन प्रतियोगिता हुन लागेको हो ।

काठमाडौँ महानगरपालिका प्याब्सनको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र छात्राले भाग लिन पाउने प्याब्सन महानगरपालिकाका सहसचिव निर्मल पौडेलले जानकारी दिनुभयो ।

एकदिने प्रतियोगितामा काठमाडौँ महानगरपालिका प्याब्सनका सदस्य विद्यालयका एक÷एक जना छात्रछात्राले भाग लिन पाउनेछन् । गीत गाउँदा लोकगित वा राष्ट्रियता झल्कने राष्ट्रिय गीत हुनुपर्ने प्याब्सन महानगरले जनाएको छ ।

यस्तै, प्रतियोगिताको गीत कम्तिमा ३ मीनेट र बढीमा पाँच मिनेट हुनुपर्ने, सिंगल ट्याक्कमा गाउनुपर्ने, कुनै टिपोट नहेरी गाउनुपर्ने बताइएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्तना हुने विद्यार्थीलाई मेडल तथा विद्यालयलाई ट्रफि र सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने प्याब्सन काठमाडौँ महानगरका सहसचिव पौडेलले बताउनुभयो ।

प्याब्सन काठमाडौँ महानगरपालिकाका अध्यक्ष गगन सिंह ऐरले प्रतियोगितामा काठमाडौँ महानगरभित्रका ३२ वडाबाट ५० भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागीता रहने जानकारी दिनुभयो । उहाँले विद्यार्थीको गायनप्रतिको क्षमता अभिवृद्धि गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु