तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसडब्लुएससी एसइइ बास्केटबलमा ५० टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार ८ गते, आईतवार १८:२६

साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को आयोजनमा एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ५० टिमको सहभागिता रहने आयोजकका क्याम्पस चिफ डा. राजेन्द्र केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिम सहभागी हुने छन् । ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगदसहित प्लस टु अध्ययन गर्न छात्रवृत्ति पनि पाउने प्रोग्राम डाइरेक्टर गणेश महराले जानकारी दिए । विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी हरेक खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले बताइन् । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजकको कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु