
बज्रयोगिनी नृत्य तथा संगीत एकेडमीले राजधानीमा आयोजना गरेको SEE Dance Championship 2025 कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति मन्त्री बद्री प्रसाद पाण्डेज्युको हातबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष बरिस्ठ नृत्य निर्देशक आरसी कोइराला (रामचन्द्र) लाई “साँस्कृतिक राजदुत” सम्मान बाट सम्मानित गरिएको छ। कोइरालासंगै लोक गीत संगीतका सम्राट् श्री नारायण रायमाझी, चरिया गुरु राजेन्द्र श्रेष्ठ, बरिस्ठ कलाकार गोरे गुरुङ, चलचित्र कोरियोग्रफर कबिराज गहतराज लगायत श्रस्ठाहरुलाई पनि सम्मान गरिएको थियो।
नेपालमा आयोजना हुने एक मात्र अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका अध्यक्षलाई सम्मान गर्न पाउनु बज्रयोगिनी नृत्य तथा संगीत एकेडमी सिङ्गो परिवारलाइ गर्बको कुरा हो भन्छन् एकेडेमीमा अध्यक्ष श्री महेश गोदार।
कोइरालाको नेतृत्वमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले अहिले सम्म ८० भन्दा बढी देशहरूमा नेपाल र नेपाली कला संस्कृतिको प्रचारप्रसार तथा प्रबर्द्धन गर्न ठुलो भुमिका निर्वाह गर्नु भएको छ त्यति मात्र हैन, अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला मार्फत बिश्वका ७५ भन्दा बढी देशका १०००० (दस हजार) भन्दा बढी साँस्कृतिक पर्यटक भित्र्याउन ठुलो भुमिका रहेको छ।


