
काठमाडौ । नेपाली काङ्ग्रेसनिकट नेपाल किसान महासंघले असार १५ को उपलक्ष्यमा भोलि धान दिवस मनाउने भएको छ ।
महासंघका काठमाडौ जिल्ला कार्यसमितिका अध्यक्ष अमृतमान महर्जनले आइतबार विशेष कार्यक्रमका साथ धान दिवस मनाउन लागेको बताए । अध्यक्ष महर्जनले काठमाडौको कीर्तिपुर नगरपालिका -६ तौदहमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी , स्थानीय क्षेत्रका प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री राजेन्द्रकुमार के.सी.को समेत उपस्थितिमा दिवस मनाउन लागिएको बताए । असार १५ गतेलाई धान दिवसको रूपमा मनाइदै आइएको छ ।


