दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

असार १५–दही चिउराको स्वाद र संस्कृतिको दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १४ गते, शनिबार २२:३२

–दिपक विवश आँशु

नेपालको कृषि प्रधान समाजमा असार १५ विशेष महत्व बोकेको दिन हो। यो दिनलाई “दही चिउरा खाने दिवस” भनेर चिनिन्छ, जुन परम्परा, प्रकृति र परिश्रमको सम्मानस्वरूप मनाइन्छ।

असार महिना धान रोपाइँको मुख्य समय हो। खेतमा पानी भरिएको हुन्छ, किसानहरू टाउकोमा धारा बाँधेर, कोदोको रक्सी पिएर, रोपाइँ गीत गाइरहेका हुन्छन्। चिसो पानीमा घण्टौँ काम गर्दा शरीर थकाइले चुर हुन्छ। त्यही बेला दही र चिउराको संयोजनले ऊर्जा र ताजगी दिन्छ।

यस दिन दही, चिउरा, आँप, तरबुजा, केरा जस्ता मौसमी फलफूल मिसाएर खाने चलन छ। यो खानाले शरीरलाई चिसोपन दिन्छ, पच्न सजिलो हुन्छ, र खेतको मेहिनतपछि तुरुन्तै उर्जा दिन्छ।

असार १५ केवल खाना खाने दिन मात्र होइन, यो दिन प्रकृति र कृषकप्रतिको सम्मान पनि हो। वर्षासँगै हरियाली फैलिन्छ, धानको नर्सरी लहराउँछ, र जीवनको चक्र पुनः सुरु हुन्छ। सहरमा बस्नेहरू पनि यो दिन गाउँघरको याद गर्दै दही चिउरा खान पन्छिंदैनन्।

हालका वर्षहरूमा असार १५ लाई “धान दिवस” का रूपमा समेत मनाइँदै आएको छ। विद्यालय, कलेज, संघसंस्था र विभिन्न सामाजिक संस्थाहरूले धान रोप्ने कार्यक्रम गर्दै, कृषिप्रतिको चेतना फैलाइरहेका छन्।

यसरी, असार १५ ले नेपाली समाजमा कृषि, परम्परा र प्रकृति सँगको गहिरो सम्बन्धलाई प्रतिनिधित्व गर्छ। दही चिउराको स्वाद मात्र होइन, त्यसमा लुकेको माटोको माया, किसानको पसिना र संस्कृतिको गौरव पनि समेटिएको हुन्छ।

“दही चिउरा खाऔँ, माटो माया गरौं, कृषकलाई सम्मान गरौं।।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु