तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सेफ्स एसोसिएसनको आयोजनामा दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १५ गते, आईतवार ९:२७

काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले
नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले दही चिउरा खाने दिनको पनि आफ्नै विशेषता र महत्व रहेको बताउँदै दही चिउराले शरीरलाई सितलता र शक्ति प्रदान गर्ने भएकाले यसको महत्व भिन्नै रहेको उल्लेख गरे ।

कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्षहरू गोविन्द नरसिंह केसी, सेफ रत्न बहादुर थापा, जेत लामा पाख्रिन, निवर्तमान अध्यक्ष श्याम कुमार तामाङ ,नाथमका प्रिन्सिपल राम कैलाश बिक्षा प्रमुख प्रशिक्षक मनराज खत्री लगायतले दही चिउरा खाने हाम्रो पुरानो संस्कृती भएकोले यो कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना हुने गर्दछ । स्वदेशी उत्पादनको खपत हुनुको साथै नेपाली उत्पादन दही चिउराले स्वास्थ्यलाई समेत राम्रो हुने र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रबर्द्धन हुने कुरा बताउनुभयो।

आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गर्नुभयो।

एसोसियसनका महासचिव पदम बहादुर आले मगरले असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु