दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चीन भ्रमण उपलब्धिमूलक रह्यो: ऊर्जामन्त्री खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ असार १७ गते, मंगलवार ७:४३

काठमाडौँ, १६ असार/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण उपलब्धिमूलक रहेको बताउनु भएको छ।

भ्रमण सकी नेपाल फर्किएपछि मन्त्री खड्काले चीनसँग विभिन्न महत्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भई, नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका योजनाबारे जानकारी गराउनुभयो।

चीन भ्रमणको क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ।”

चीन भ्रमणका प्रमुख उपलब्धिहरू:

मन्त्री खड्काले शाङ्हाई सहयोग संगठन (SCO)को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा उहाँले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै, २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र १५,००० मेगावाट विद्युत निर्यात गर्ने योजनाबारे पनि चर्चा गर्नुभयो।

मन्त्री खड्काले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउने कुरामा जोड दिनुभयो। उहाँका अनुसार, “ऊर्जा अब केवल व्यापारको विषय होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो। नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ।”

द्विपक्षीय बैठक र समृद्धिको साझा लक्ष्य:

चीन भ्रमणको दौरान, मन्त्री खड्काले चीनका ऊर्जा प्रमुख वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो। उक्त भेटमा, नेपाल र चीनबीच ऊर्जा सुरक्षाको क्षेत्रमा दीर्घकालीन सहकार्यको संभावना र प्रविधि हस्तान्तरणको बारेमा छलफल भएको थियो। मन्त्री खड्काले जलविद्युत्, प्रसारण प्रणाली विस्तार, वैकल्पिक ऊर्जा प्रवर्द्धन र क्षमता विकासका क्षेत्रमा चीनसँग सहकार्यको अपेक्षासमेत व्यक्त गर्नुभयो।

नेपाली समुदायसँग लगानीको आह्वान:

भ्रमणको क्रममा, मन्त्री खड्काले चीनमा रहेका नेपाली समुदायलाई नेपालको ऊर्जा क्षेत्र र अन्य क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै भन्नुभयो, “नेपाल अब ऊर्जा क्षेत्रको दृषटिकोनमा एक कदम अघि बढिसकेको छ र सरकारले लगानीको वातावरण बनाउन थप पहल गरेको छ।”

नेपालमा लगानीको वातावरण सृजना गर्ने उद्देश्यले, मन्त्री खड्काले चीनमा आयोजित ट्रेड फेस्टमा पनि सहभागिता जनाउनुभयो र नेपालमा लगानी गर्नका लागि सुधार गरिएका वातावरण र विभिन्न पहलहरूको बारेमा चर्चा गर्नुभयो।

मन्त्री खड्काले नेपाल सरकारको दृष्टिकोण र नीतिहरूलाई उजागर गर्दै जलस्रोत र ऊर्जा क्षेत्रमा नेपाललाई समृद्ध बनाउने योजनाहरू प्रस्तुत गर्नुभएको थियो।

चीन भ्रमण सकेर नेपाल आइपुग्नु भएका मन्त्री खड्कालाई स्वागत गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, मंत्रालयका सचिवद्वय सुरेश आचार्य एवं सरिता दवाडी, मंत्रालयका सहसचिव लगायत उच्च पदस्थ अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु