
ललितपुर ।। नेपाली आधुनिक साहित्यका मूर्धन्य साहित्यकार, कालजयी गीतकार तथा मुक्तककार प्रकाश कुइँकेल ललितपुरकाे भेैंसेपाटी स्थित त्रिवेणी ल्याण्डमा आयोजित “संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२ ” भाग ( २ ) बाट मिति २०८२ असार १७ गते मंगलबार सम्मानित भएका छन्।।
कालजयी सर्जक कुइँकेलको निरन्तर साहित्यिक साधना, सिर्जनशीलता र अमूल्य योगदानले नेपाली साहित्य–संगीतको क्षेत्रमा अपूर्व योगदान पुर्याएको छ। यस्तो विशिष्ट सम्मान उनको कर्म, समर्पण र सिर्जनाको कदरस्वरूप संसार क्रियसन नेपाल खाेकना, ललितपुरले गरेको हाे।
उनलाई यस ऐतिहासिक सम्मान ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुख रवीन्द्र महर्जन र प्रतिष्ठित उद्यमी-व्यापारिक घराना तथा समाजसेवी गायिका सरिता महर्जनले संयुक्तरूपमा प्रदान गरेका थिए ।।
आयाेजक संस्थाका अध्यक्ष स्वतन्त्र संसार महर्जनको सभापतित्वमा भएको सम्मान कार्यक्रममा पूर्व सिडियाे विजयनारायण मानन्धर, प्रसिध्द गीतकार प्रमाेद ढुंगाना, वरिष्ठतम् चलचित्र पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर, गायिका रितु कँडेल, सामाजिक अगुवा रामचन्द्र श्रेष्ठ लगायतले सम्मानको अवसरमा सम्मानित कुइँकेललाई हार्दिक बधाई एवं उज्ज्वलमय भविष्यको शुभकामना व्यक्त गरेका थिए।।


